न्यु डायमन्ड भलिबलः पुलिसको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

न्यु डायमन्ड भलिबलः पुलिसको लगातार दोस्रो जित

काठमाडौं। बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअघि परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिसले मंगलबार उद्घाटन खेलमा आयोजक न्यु डायमन्डमाथि सोझो सेटको जित निकालेको थियो । बुधबार नै हुने दोस्रो खेलमा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्नेछन् । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);