एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब फाइनलमा

काठमाडाैं, २५ चैत । साबिक विजेता एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न महिला तर्फको खेलमा न्यु डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो । निकै रोमाञ्चक खेलमा न्यु डायमन्डले एपिएफमाथि जित निकाल्दै फाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको हो ।

पुलिसले त्रिभुवन आर्मी सोझो ३ सेटमा सेटमा हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल बिहीबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);