राष्ट्रिय महिला तथा पुरुष क्लब लिग अन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग अन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी

काठमाडाैं, २० चैत । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा शुक्रबार न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को संघर्ष पूर्ण सेटमा हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले न्यु डाइमण्डमाथि २५–१७, २०–२५, २५–२३, १५–२५ र १५–१२ को ५ सेटमा जित निकालेको हो । जितसँगै आर्मीले पहिलो खेलमा महत्वपूर्ण २ अंक जोडेको छ । न्यु डाइमण्डको यो पहिलो हार हो । पहिलो खेलमा न्यु डाइमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको थियो ।

महिलातर्फ नै शुक्रबार एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । पुलिसले भरतपुर मेट्रो खेलकुद परिषदमाथि २५–४, २५–८ र २५–१२ को तथा एपीएफले ढोरपाटनमाथि २५–३, २५–९ र २५–५ को सेटमा हराएका हुन् ।प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

Leave a Reply