काठमाडाैं, २० चैत । सरकारले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो ।
यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरिसकेको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
थ्री नेसन्सको उपाधि नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।




