महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

volley toli samman2

काठमाडौं, १० मंसिर । सरकारले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सरकारले नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विश्वकर्माले उक्त टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नु भयो ।

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);