मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य

काठमाडौं, ८ साउन । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताउनु भएको छ।

मन्त्री विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य सर्त भएको दावी गर्दै त्यसको विकासमा आवश्यक सहयोग गर्न पनि सम्वद्ध सबै पक्षलाई अपिल पनि गर्नु भयो ।

उहाँले सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । बुधबार काठमाडौंमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

कार्यक्रममा नेपालमा आयोजना भएको दक्षिण एशीयाली महिला फुटवल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटवल टोलीलाई जनही ३२ हजार ५ सय नगदसहित सम्मान पनि गरिएको थियो । सम्मान हुने नेपाली टोलीका २० जना खेलाडी र एक प्रशिक्षक रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);