खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन झलनाथको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन झलनाथको आग्रह

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन सबै तहका सरकारलाई आग्रह गर्नु भएको छ ।

वरिष्ठ नेता खनालले मुलुक आर्थिक विकासतर्फ लम्किएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन तीन वटै तहका सरकारलाई आग्रह गर्नु भएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि पनि मुलुकलाई समृद्ध बनाउन ‘समृद्ध नेपालः खुसी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई अघि सारेको वरिष्ठ नेता खनालको भनाई छ ।

काठमाडौंमा बिहीबारबाट सुरु भएको ‘प्रधानमन्त्री कप चौंथो अन्तरविश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले खेलकुद क्षेत्रको विकासका लागि पनि देशलाई धनी बनाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

वरिष्ठ नेता खनालले मुलुकको संस्कृतिलाई सही ढंगले अघि बढाउन पनि खेलकुद क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुदलाई पठनपाठनसँग जोडेर अघि बढ्न सबै विश्वविद्यालयहरुलाई आह्वान गर्नु भयो ।

उहाँले त्यसका लागि विश्वविद्यालयलाई चाहिने आवश्यक आर्थिक सहायता परिषदले उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सदस्य सचिव सिलवालले स्वस्थ नागरिक हुन पनि खेलकुद क्षेत्रको विकास अति जरुरी रहेको पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);