जम्मु कस्मिरको सम्बन्धमा भारतको निर्णय अवैधानिक : राजदूत जावेद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जम्मु कस्मिरको सम्बन्धमा भारतको निर्णय अवैधानिक : राजदूत जावेद

काठमाडौं, ९ असोज । नेपाल स्थित पाकिस्तानका राजदूतले जम्मु कस्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताउनु भएको छ ।

काठमाडौँमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको इच्छा बिपरित भारत सरकारले सम्झौताको धारा ३७० निलम्बन गर्नु अबैधानिक भएको बताउनु भएको हो ।

केहि मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरुसँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि ब्यक्त गरेको बताउनु भयो ।

राष्ट्रसंघले भारत सरकारले जम्बु कस्मिर राज्यलाई विशेष अधिकार दिइएको अनुच्छेद ३७० लाई निष्क्रिय बनाए पछि भारत र पाकिस्तानबिच १९७२ मा भएको सिमला सम्झौता स्मरण गर्न भनेको छ ।

सिमला सम्झौतामा जम्बु कस्मिरका विषयमा अन्तिम स्थिति निर्धारण संयुक्त राष्ट्रको चार्टरलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने उल्लेख छ । राजदूत जवेदले सिमला सम्झौतामा स्पष्ट किटान भएको विषयमा भारत सरकारले एकलौटि निर्णय गर्नु गलत कदम भएको भन्दै सबैले बिरोध गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा राजदुत जवेदले भारतले लगाएको कर्फ्युको कारण लाखौ तिर्थ यात्री आफ्नो संस्कृतिक अधिकार प्रयोग गर्नबाट बन्चित भएको पनि बताउनु भयो ।

पाकिस्तान सरकारले भारत सरकारको निर्णयको बारेमा कास्मिरका जनतालाई निर्णयको आधार बनाउनु पर्ने भन्दै अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै आएको छ ।

भारत सरकारको निर्णय लगत्तै चीन र टर्कीले निर्णय सुखद नभएको टिप्पणी गरेका थिए । तर दक्षिण एशियाका बंगलादेश, श्रीलंका र मालदिभ्सले भने भारत सरकारको निर्णयको समर्थन गरेका छन् । युरोप तथा अमेरिकाका शक्ति राष्ट्रहरुले अहिले सम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);