काठमाडौं, ९ चैत । पाकिस्तानको ७९औं स्वतन्त्रता दिवस काठमाडौंस्थित पाकिस्तानी दूतावासले पनि मनाएको छ । शनिबार पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा राजदूत जावेदले नेपालको शान्ति स्थायित्व र विकासमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए । उनले पाकिस्तान र नेपालबीचको सांस्कृतिक, सामाजिक, पर्यटकीय र आर्थिक सम्बन्ध बलियो भएको बताए ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो । सन् १९४७ मा मोहम्मद अलि जिन्नाको नेतृत्वमा पाकिस्तान बेलायत शासित भारतबाट स्वतन्त्र बनेको थियो । त्यसैको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।




