पाकिस्तानको स्वतन्त्रता दिवस, नेपालप्रति दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन ३०, काठमाडौँ ।

पाकिस्तानले नेपालमा बाढि, पहिरो र डुबानबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

 

पाकिस्तानका राष्ट्रपति ममनून हुसैनले छिमेकी मुलुकहरुसँग आफूले रचनात्मक र सकारात्मक सम्बन्ध विस्तार गर्न चाहेको पनि बताउनु भएको छ । उहाँले आतंकवादी विरुद्धको लडाईमा सहकार्य गरेर अघि बढ्न पाकिस्तान सरकार सदा तत्पर रहेको पनि स्पष्ट पार्नु भयो । पाकिस्तानको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर पाकिस्तानी दुतावासले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति हुसैनको शुभकामना सन्देश पढेर सुनाउँदै नेपालका लागि पाकिस्तानी राजदुत मजर जाबेदले पाकिस्तान सबै छिमेकसँग रचनात्मक र सकारात्मक सम्बन्ध कायम गरेर अघि बढन प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो ।

 

 

राजदुत जावेदले नेपाल–पाकिस्तानबीचको सम्बन्ध अझै सदृढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भयो । पाकिस्तानले प्रजातन्त्रको सुदृढिकरणलाई जोड दिँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);