सिएरा लियोनमा पहिरोः तीन सयभन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

साउन ३१ , एजेन्सी । सिएरा लियोनमा गएको पहिरोमा परी ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

राजधानी फ्रिटाउन नजिकै पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको बिबिसीले जनाएको छ । लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले त्यहाँ रहेका ५० प्रतिशतभन्दा बढी घर पुरेको स्थानीय अधिकारीले बताएका छन् । पहिरो रातिको समयमा गएकाले मृत्यु हुनेको संख्या धेरै भएको हो । पहिरोमा परी ५० भन्दा बढी बेपत्ता भएका छन् । पहिरो गएको क्षेत्र नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सिएरा लियोनका राष्ट्रपति अर्नेष्ट बाइ कोरमाले जनधनको ठूलो क्षति भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ ।

उहाँले टेलिभिजनमार्फत सन्देश दिंदै विस्थापितहरुलाई उचित राहतको व्यवस्था गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);