अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने किम जोङको योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन ३१ , एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजनाबारे नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराउनु भएको छ ।

नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृतरुपमा जानकारी गराएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । उहाँले गुआममा मिसाइल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको बताउनुभयो । तर आक्रमण गर्नुअघि आफूले अमेरिकाको गतिविधिको निरीक्षण गरिरहेको उहाँको भनाइ छ ।

उहाँले अमेरिकाले केही कदम चाल्ने बित्तिकै मिसाइल आक्रमणका लागि आदेश दिने बताएको समाचारमा उल्लेख छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);