विप्लप नेकपाका नेता हेमन्त प्रकाश ओलीसहित ९ जना प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विप्लप नेकपाका नेता हेमन्त प्रकाश ओलीसहित ९ जना प्रक्राउ

biplav karyakarta pakrau

काठमाडौं, ९ चैत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति काभ्रेबाट काठमाडौँ आउँदै गरेको गोप्य सुचनाका आधारमा उनीहरुलाई प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेहरुमा ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का रहका छन् । प्रहरीका अनुसार सुदर्शनले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोट गराएको दाबी गरेको छ ।

ओली विप्लव नेतृत्वको नेकपाका तेस्रो नम्बरका नेता तथा स्थायी समिति सदस्य हुन् । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लवका गतिविधीलाई नजिकबाट निगरानी वढाईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);