‘विप्लव’ खोज्दै प्रहरी : ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

‘विप्लव’ खोज्दै प्रहरी : ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

biplov

काठमाडौं, ५ कात्तिक । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना बनाउँदै गरेको महŒवपूर्ण राजनीतिक दस्ताबेजसमेत फेला पारेको छ । यसैगरी, राप्ती ब्युरोको पहलमा राप्ती अञ्चलबाट १ करोड रुपैयाँ चन्दा संकलन गरिएको विवरणसहितका महŒवपूर्ण कागजातसमेत प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता विनोदविक्रम शाहले दाङ प्रहरीले विप्लव नेतृत्वको नेकपाको बैठक हुँदै छ भन्ने सूचना पाएपछि बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरिएको बताए । तर, बैठकमा कोको सहभागी थिए भन्नेबारे भने पक्राउ गरिनुपूर्व जानकारी नभएको उनले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);