घाँटीमा इन्फेक्सन कम गर्ने घरेलु उपाय (स्वास्थ्य टिप्स) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

घाँटीमा इन्फेक्सन कम गर्ने घरेलु उपाय (स्वास्थ्य टिप्स)

ghati dukhai

काठमाडौं, ५ कात्तिक । मानिसलगायत सबै प्राणीका लागि घाँटी निकै संवेदनशील अंग हो । यो जीवनका लागि अत्यावश्यक खाना पेटमा पठाउने लाइफ लाइन पनि हो । यही लाइफ लाइनमा यदि समस्या पैदा भयो भने सिंगो जीवन नै गडबड हुन जान्छ । फेरि जे कुरा पनि सिधै घाँटीबाटै पेटमा पु¥याइने भएकाले पहिलो र प्रत्यक्ष असर घाँटीमा पर्न जान्छ ।

अर्को कुरा वायुमण्डलमा भएको हावा सिधै फोक्सोमा जाने बाटो पनि घाँटी नै हो । त्यसैले शरीरको यो संवेदनशील अंग इन्फेक्सन हुनसक्ने सम्भावना एकदमै बढी हुन्छ । घाँटीमा जलवायुमा हुने थोरै परिवर्तनले पनि ठूलो असर पारिरहेको हुन्छ । यसका साथै हामीले रुची र चाहनाअनुसार खाने सबै कुरा घाँटीबाटै भएर पेटमा जान्छन् । जसमा मसलेदार भोजन, पीरो र अमिला कुराहरू, खस्रा र घाँटीमा चोट लगाउनसक्ने खानाहरू पनि पर्दछन् ।

घाँटी पेटसँग प्रत्यक्ष जोडिएकाले पेटमा हुने खराबी र असरले पनि माथि घाँटीमा समस्या ल्याउन सक्छन् । दिसामा हुने कब्जियत, पेटमा हुने अपच वा व्याक्टेरिया वा भाइरसको हमला आदिले गर्दा पनि गलामा समस्या पैदा हुन सक्छ ।

यी कुराहरूले घाँटीमा इन्फेक्सन पैदा गर्दछन् । यसलाई हामीले घाँटी दुख्ने समस्याका रूपमा लिन्छौं । यसमा खोकी लाग्ने, सुन्निने आदि समस्या पनि देखिने गर्दछन् । तर, जाडो याममा भाइरलका कारण घाँटीमा इन्फेक्सन भएमा त्यसलाई टन्सिल भएको भन्दछौं । यसलाई निको पार्न हामीले सामान्य घरेलु उपायहरू पनि आरामले प्रयोग गर्न सक्छौं । घरेलु उपायले पनि यो समस्याबाट हामीलाई छुटकारा दिन सक्छ । तथापि, सम्भव भएसम्म घाँटीको समस्याबाट मुक्त हुन निकै सतर्क हुनैपर्दछ । कथंकदाचित भई नै हालेमा यसबाट राहत पाउनका लागि नुन मिसाएर तातो पानीले कुल्ला गर्नुपर्छ ।

मन तातो नुनपानी मुखमा राखेर ‘गलगल’ गर्दा घाँटीको दुखाइ ठीक हुनजान्छ । यसका लागि अरू थप घरेलु उपाय पनि छन् । एक चिया चम्चा मह र कागतीको रस मिलाएर पिउनाले पनि घाँटी दुखेको कम हुन्छ । तुलसीको ६÷७ पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनाले पनि घाँटी दुख्दैन । तातो पानीमा नीलगिरीको तेलको २÷३ थोपा हालेर वाफ लिंदा पनि घाँटी दुख्ने समस्या कम हुन सक्छ ।

यस अतिरिक्त लसुनका ४÷५ केस्रालाई तावामा सेकेर खाँदा पनि हुन्छ । एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमालेर मह मिसाएर खाँदा पनि दुखाइ कम हुन्छ । दालचिनीको सानो टुक्रा पानीमा राखी उमालेर एक चम्चा मह मिसाएर पिए पनि झनै बेस हुन्छ । मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि यसले फाइदा नै पु¥याउँछ । यसका साथै भ्रामरी प्राणयम गरे उत्तम हुन्छ । घाँटी दुखेका बेला दूध, घिउ, टर्रो, अमिलो, पिरो, चिसो, मासु, रुखो भोजन, सुपारी, माछा र मदिराजन्य पदार्थ सेवन नगरेमा घाँटी दुख्ने समस्याबाट मुक्ति पाइन्छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);