पारिको होइन वारिको फूलमाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पारिको होइन वारिको फूलमाला

ful

काठमाडौं, ५ कात्तिक । तिहार नजिकिँदै जाँदा व्यावसायिक रूपमा फूल नर्सरी तथा पसलमा सर्वसाधारणको भीड लाग्न थालेको छ । एक हप्ताअघिसम्म पनि सुनसान देखिने नर्सरी तथा पसलमा केही दिनयता मानिसको बाक्लो उपस्थिति देखिन थालेको हो ।

गाउँघरमा तिहारका लागि आफ्नै घर आँगनमा फूल उपलब्ध हुने गरेको भए पनि सहरी क्षेत्रमा व्यावसायिक रूपमा नै खरिद बिक्री हुने गरेको छ । बढ्दो जनघनत्वका कारण ठूला सहरमा फूलमालाको व्यापारसमेत पछिल्लो वर्ष बढ्दै गएको छ । व्यावसायिक रूपमा नै फूलको कारोबार बढेको व्यवसायी बताउँछन् ।

यस वर्ष तिहारलाई लक्षित गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोनहियामा रहेको विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती सुरु भएको छ । भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्थामार्फत कृषि परियोजना सञ्चालन गरी तरकारी एवं फलफूल खेती गरेर अहिले व्यावसायिक रूपमा सयपत्री फूल तयार भइरहेको संस्थाका सेयरधनी सुशील पौडेलले जानकारी दिनुभयो ।

हामीले सुरु गरेको कृषि परियोजनामा अन्य तरकारी फलफूलसँगै यस वर्षदेखि फूलको खेती पनि गरेका छौँ । तिहारमा मात्रै ६० हजारको फूल बेच्ने योजनामा छौँ, यसले केही मात्रामा भए पनि भारतसँगको व्यापार घाटा कम गर्न मद्दत हुने विश्वास छ, उहाँले भन्नुभयो, “दैनिक आवश्यकता अनुसार ७–८ जना कामदार र एक जना स्थायी कर्मचारी राखी काम सुरुवात गरेका छौँ । स्थानीय सरकारले पनि ट्याक्टर, पानी तान्ने मोटर पम्प अनुदानमा सहयोग गरेको छ ।”यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);