तिहारमा स्वदेशमै उत्पादित फूलले नै बजार धान्छ : व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तिहारमा स्वदेशमै उत्पादित फूलले नै बजार धान्छ : व्यवसायी

Nepali ful

काठमाडौं, २९ असोज । बिगतको तुलनामा नेपालमा हाल फुलको उत्पादन बृद्धि भएको छ । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने अनुमान गरिएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र अनुकुल मौसममा तिहार पर्व परेकाले भारतबाट आयात गरिने फूलको संख्यामा कमी आउने अनुमान गरिएको हो ।

हरेक बर्ष तिहारमा फुलको माग धान्नका लागी छिमेकी मुलुक भारतबाट सयपत्री फुल र माला आउने गर्छ । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि १८ देखि २० लाख फुलको माला खपत हुने देखिएको छ । साढे पन्ध्र लाख नेपाली बजारको उत्पादन हुने छ भने अन्य साढे दुइ लाख माला भारतबाट आयात हुने फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री फुल र माला मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमा व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

नेपालमा फूल उत्पादनको वृद्धिसँगै माग पनि बढिरहेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म बढी तिर्नुपर्ने एशोसिएसनको दावी छ । स्वदेश र विदेशमा गरी वार्षिकरूपमा एक अर्ब ८५ करोड रुपैयाँको फूलको कारोवार हुँदा तिहारमा मात्रै रु दुइकरोड फूलको कारोवार हुने अनुमान गरिएको छ ।

तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातित फूल ल्याउन शुरु गरिन्छ । अहिले बजारहरुमा आयातीत फुल भन्दा पनि स्वदेशमै उत्पान हुने फुलले बजार धानेको व्यवसायीहरुको भनाइ छ ।

चाडबाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गरेको छ । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको एशोसिएसनको भनाइ छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले फुलको व्यावसायिक खेती गर्दै आएका छन् । पुष्प व्यवसायलाइ राज्यबाट संरक्षण भएको खण्डमा फुल उत्पादनमा नेपाल आत्मनिर्भर हुने सम्भावना देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);