भारतबाट आयात घटाउन इलामका महिलाले गरे फुल खेती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतबाट आयात घटाउन इलामका महिलाले गरे फुल खेती

sayapatri ful

टीका खतिवडा

इलाम, ५ कात्तिक । फुलको प्रशस्तै प्रयोग हुने चाड तिहारलाई फुलैफुलको पर्व पनि भनिन्छ । तिहारमा मात्रै होइन धर्म कर्म, पूजापाठ, प्रेमलाप, कुनै विशिष्ट पाहुनाको स्वागत घर वरिपरीको वातावरणको सजावटका लागि समेत फूलको प्रयोग हुँदै आएको छ । तर तिहारमा प्रयोग गरिने फुल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । भारतबाट आयात घटाउन सहयोग पुग्ने र राम्रो आम्दानीको स्रोत बन्ने भएकोले इलाम नगरपालिका १० का महिलाहरुले फुल खेती गरेका छन् ।

तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फुल नै आवश्यक हुन्छ । थोरै समय र लगानीमा राम्रो आम्दानी हुने भएपछि इलाम नगरपालिका १० का महिलाहरुले सयपत्री फुल खेती गरेका छन् । तिहार र छठ पर्वमा सयपत्री फुलको व्यापार राम्रो हुने र लाखौं रुपैंयाको फुल भारतबाट आयात हुने गरेपनि अब जिल्लामै सयपत्री फुलको मनग्गे उत्पादन हुन थालेपछि पर्वका बेला सयपत्री फुलको अभाव नहोस् भनेर खेती थालेको बताउँछन् ।

तिहारको आकर्षण देउसी भैलो खेल्नेहरुले पनि भट्याउने क्रममा घरको झ्याल ढोकामा टागिएको फुलको प्रशंसा गर्छन् । तिहारमा घरका झ्याल ढोका, भाडावर्तन र कलश सजाउन र पुजा आरधनामा समेत फूलको प्रयोग गरिन्छ । भाइटीकामा पनि मखमली फुलको माला नै प्रयोग हुन्छ । यसरी फूलको पर्व मनाउदै गर्दा इलाम फुलमा आत्मनिर्भर बन्नुपर्छ भनेर खेति गरेका हुन् ।

तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । फूल खेतीमा प्राविधिक ज्ञानको आवश्यक पर्नुका साथै फूलमा रोग नियन्त्रण र सिँचाइको समेत आवश्यक पर्दछ । तर यस तर्फ कसैले ध्यान नदिएको पाइन्छ । यस तर्फ पनि ध्यान दिने पो हो कि ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);