इलाममा कृतिम फुलका मालाबाट तिहार रंगीन बनाउनु पर्ने बाध्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

इलाममा कृतिम फुलका मालाबाट तिहार रंगीन बनाउनु पर्ने बाध्यता

kritim ful

टिका खतिवडा, इलाम २१ कात्तिक । फुल सधै आवश्यक हुन्छ तर विशेष गरेर तिहारमा फुल भएन भने तिहार नै खल्लो जस्तै हुन्छ । यहि फुल नहुँदा इलाममा कृतिम फुलका माला किनेरै भएपनि तिहारलाई रंगीन बनाउनु पर्ने बाध्यता छ ।

सयपत्रि र मखमलि फूलको व्यवसायिक खेती नहुदा इलामका बजारमा कृतिम फूलमा भर पर्नु परेको छ । फाट्टफुट्ट फूलखेती भएपनि व्यावसायिक रुपले नभएको कारण शहर बजारमा कृतिम फूलमा भर पर्नुपर्ने परेको हो ।

तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन छ । तर, फूल नभएपछि शहरमा मात्र हैन, ग्रामिण भेगका वजारमा समेत कृतिम फूलमा स्थानीयहरु निर्भर छन् ।

तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायुको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ ।

तिहारमा घर सजाउनका लागि पनि फूल प्रयोग हुने गरिन्छ । जिल्लामा ब्यवसायिक रुपमा फूलको खेती नहुने र शहर वजारमा फूलको अभाव भएका कारण कृतिम फूलको ब्यापार वढेको ब्यवसायिहरु बताउँछन ।

बजारमा बिनाझन्झट तयारी अवस्थामा विभिन्न खालका माला उपलब्ध हुनु, व्यावसायिक तवरले पुष्पखेतीमा कृषककोे चासो नहुँदा पछिल्लो समय इलाममा फूलको अभाव हुँदै आएको छ । यहाँ पुष्पखेतीका लागि उपयुक्त भू–बनोट छ । फुलका लागि ठाउँ भएपनि पुष्प खेतीकालागि कसैले चासो नदिदाँ शहरमा फूलको मालाको अभाव हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);