नेपालमा ५० करोड रुपैया सम्मको बिद्युतिय बत्ति भित्रीने, माटाका पाला लोप हुदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा ५० करोड रुपैया सम्मको बिद्युतिय बत्ति भित्रीने, माटाका पाला लोप हुदै

काठमाडौं, १४ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिदै गर्दा यतिबेला बजारमा माटाका पाला अर्थात दियो देख्न सकिन्छ । तिहारलाई बत्तीको पर्वको रुपमा मान्ने गरिन्छ ।

तिहारमा बत्ती बालीने माटाको पाला भन्दा आधुनिक बत्तीहरुको विक्रि वितरण बढी हुने भएकाले तथा माटोको अभावका कारण माटोबाट निर्मित दियो लोप हुदै गएको र माटोको अभावका कारण माग अनुसार आपुर्ती गर्न कठिनाइ भईरहेको व्यापारीहरुको गुनासो छ ।

तिहारलाई फुल र झिलिमिलि बत्तीको पर्वका रुपमा लिईन्छ । यतिबेला गाँउ घर शहर बजारमा तिहारकोको चहलपहल सुरु भईसकेको छ । नेपाली परम्परा अनुसार तिहारमा झिलिमिलि बत्ती बालेर फुलैफुलले घर आागन सजाउने गरीन्छ ।

तिहारको समयमा घर आँगन उज्यालो भए घरमा लक्ष्मी भित्रीन्छन भन्ने प्रचलन पनी रहेको छ । सोहि प्रचलन अनुसार घर आँगन बत्तीले सिघारिन्छ । पहिले पहिले माटोका दियोमा बत्ती बालीने चलन थियो । तर आजभोली परम्परागतरुपमा मनाईने तिहारको मौलिकतामा परिवर्तन आउन थालेको छ । मानिसहरुले तिहारमा प्रयोग गरिने बिभिन्न परम्परागत माटोका पालामा बालिने दियो र मैनबत्तिको साट्टा कृतिम बत्ती बाल्ने गरेकाछन । बजारमा विभिन्न प्रकारका आधुनिक बत्ती पाईने हुँदा माटाका बत्ती ओझेलमा परेको ब्यापारी बताँउछन ।

पछिल्लो समय परम्परागत सयपत्रि र मखमलि फुलहरुलाई पनि बिभिन्न प्रकारका पलाष्टिकका कृतिम फुलहरुले बिस्तारै बिस्थापति गर्न थालेको देखिएको छ । बजारमा फुलहरुको धेरै माग हुने तर आयातित प्राकृतिक फुलहरु महंगो पर्ने भएकोले पनि सर्वसाधारणहरुको कृतिम फुलहरु प्रति रुचि बढाएको ब्यापारीहरुको ठहर छ ।

तिहारमा अत्याधिक माग हुने र प्रयोग हुने अधिकांस पलाष्टिकका कृतिम माला र बत्तीहरु चाईनाबाट नेपालमा आयात हुने गरेको छ । बिद्युतीय बत्तीहरु एंव बिद्युतिय पालाहरु हावाले ननिभ्ने भएकोले पनि ग्राहकहरुले परम्परागत बत्तीहरु भन्दा बिद्युतीय बत्तीहरुमा आकर्षक भएको सर्वसाधारणको भनाइ छ ।

तिहारलाई मात्र लक्षित गरी नेपालमा लगभग ४० देखी ५० करोड रुपैया सम्मको बिद्युतिय बत्ति भित्रने गर्दछ । सजिलोका लागी कृतिम फुल र विद्युतिय बत्तीहरुमा रुची बढन थालेका कारण चाडपर्वको मौलीकता हराउदै जानुका साथै अनाबश्यक रुपमा करोडौ रुपियाँ पनी विदेशिने गरेको छ । त्यसैले हामीले चाँडवाड मनाउदै गर्दा परम्परागत मौलिकताकोे साथसाथै कसरी कृतिम फुल र बिद्युतिय बत्तिहरुमा खर्च हुने नेपाली धनलाई विदेसिनबाट जोगाउने भन्ने तर्फ सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);