खोकना र बुङमति स्थानीयद्वारा उचित मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

खोकना र बुङमति स्थानीयद्वारा उचित मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध

काठमाडौं, १४ कात्तिक । ललितपुरको खोकना र बुङमतिका स्थानीयले उचित मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध गर्दे आएपछि संसदीय समितिले काठमाण्डौ-नीजगढ द्रुत मार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।

प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहिबार काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन भएको हो ।

समितिको बुधबार बसेको बैठकले ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताको मागको सुनुवाई गर्न सोही क्षेत्र भित्र रहेको सो दू्रतमार्गको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए । सोही उजुरीलाई सम्बोधन गर्न आफूहरुले सो क्षेत्र भित्रको दू्रतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिएको समितिकी सदस्य पम्फा भुसालले बताएकि छिन् ।

समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने सो द्रूतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाउँदै सो दू्रतमार्गका पीडितलाई नै समितिमा बोलाएर सुनुवाई गर्न सकिने धारणा समेत राखे । नेपाली सेनालाई नै समितिको बैठकका बोलाएर द्रूतमार्गबारे विस्तृत जानकारी लिन सकिने सदस्य श्रेष्ठको भनाई छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सो दू्रतमार्ग अन्तरगत ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताले जग्गाको उचित मुआब्जा नदिएको भन्दै सो सडकखण्ड निर्माणको काम अवरुद्ध गरिरहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);