तिहारको मौलिकता हराउदै, आयातीत सामाग्रीको भरमा मनाइँदै छ तिहार | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

तिहारको मौलिकता हराउदै, आयातीत सामाग्रीको भरमा मनाइँदै छ तिहार


नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक जारी छ । देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीहरूले पनि धुमधामका साथ तिहार मनाउदै छन् । तर पछिल्लो समय तिहारको मौलिकतामा व्यापक परिवर्तन आएको छ । आधुनिकीकरणको नाममा विभिन्न विकृतिहरूसमेत भित्रिएका छन् ।
०००
नेपालीहरुको दोस्रो ठूलो महान् सांस्कृतिक पर्व तिहारमा नभई नहुने अत्यावश्यक वस्तुहरु धेरै छन्। जसको अभावमा तिहार अधुरो मानिन्छ। तर ती अधिकांस वस्तुहरु नेपालमै उत्पादित नहुदा बर्षेनी ठूलो रकम खर्च गरेर आयात गर्नु पर्ने अबस्था छ। खास गरि छिमेकि देसहरुको आयातमा निर्भर रहेको नेपाली बजारमा तिहारका लागि आवश्यक वस्तुहरुको मुल्य अत्याधिक महंगो छ। नेपालमा उत्पादन नहुने बारे जानकार दलाल व्यापारिहरुले मन लाग्दी रुपमा तिहारमा चाहिने सामाग्रीको मुल्य बढाएका छन।

काग पूजादेखि कुकुर गाई, गोरु, लक्ष्मी र भाइ पूजा सम्म विधिवत रुपमा धेरै सामाग्री आवश्यक पर्छन। तिहार मनाउनेहरुसँग मखमली र सयपत्री फूल आवश्यक छ। विगतमा आफ्नै घर आगनमा फुलेका फुलहरुको माला बनाउने सस्कार विस्तारै हराउदै गएको छ। दिदी बहिनीहरुले भाइटिकाको दिनका लागि भन्दै कार्तिकमा फूल्ने गरि फुल लगाउथे। आफ्नै हातले उनेको फुलको मला दाजु भाइलाई लगाइ दिने चलन विस्तारै हराउदै गएको छ।

अहिले विदेसबाट आयाति प्लास्टीकका माला देखि विदेस बाटै आयातीत सयपत्री र मखमलीका माला लगाइदिने गरेको पाइन्छ। जसले गर्दा एकातीर हाम्रो मौलितकता हराउदै गएको छ भने अर्को तर्फ देसको व्यापार घाटा बढ्दै गएको छ। यस बर्ष मात्र तीन लाख सयपत्री फुलका माला भारतको कोलकोता बाट आयात गरिएको तत्थांक छ। हुदा हुदै विगतमा दुबो त हराइ नै सक्यो।

तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा दिइने भाइ मसलामा व्यापारिक ब्रह्मलुट हुने गरेको छ। फुटपाथदेखि ठूला नाम चलेका स्टोर तथा सुपर मार्केट सम्म पाइने भाइ मसलाको अत्याधिक कारोबार भइरहेको छ।

भाइ मसलाका प्याकेटहरुमा काजु, किसमिस, बदाम, ओखर, पेस्ता, छोकडा, मखना, खुपार्नी, नरिवल, मिस्री, ल्वाङ, सुकमेल, दालचिनी, सुपारी, चकलेट तथा मिठाइहरु राखिएको पाइन्छ। र यी सामाग्रीहरु नेपालमा मात्र पाइदैनन। चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट भाइ मसलामा प्रयोग हुने सामग्री आयात गरिन्छ। भन्सार विभागको तथ्यांक अनुसार यस बर्ष करिब २ अर्ब २० करोड बराबरको भाइ मसला मात्र आयत गरिएको छ।

अहिले समाजमा देखावटी विषय बनेको छ। तिहारमा गरिने पूजा आजमा पनि मौलिकता हराउदै गएको छ। धेरै जस्तो सजावट समाजीक सञ्जाललाई लक्षित गरेको पाइन्छ।

दाजुभाइ र दिदीबैनीबीचको सम्बन्ध प्रगाढ बनाउने चाड तिहारमा पछिल्लो समय कतिपय विकृति समेत देखिएका छन। आधुनिक हुने नाममा अनावश्यक र फजुल खर्च गर्दै दाजुभाइलाई बट्टाको जुस, अल्कोहल, कोल्ड ड्रिक्स, रंगीचंगी मिठाई, प्याक गरिएको बजारका खानेकुरा दिने प्रचलन बढ्दै गएको पाइन्छ। यसले दाजुभाइको स्वास्थ्य बिगार्ने तर्फ कसैको ध्यान जान सकेको छैन। बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले मात्र दाजुभाइलाई माया दर्साउदैन। यसले दाजुभाइको स्वास्थ्यलाई नकारात्मक असर पानैृ बारे ध्यान जान जरुरी छ।

तिहारमा टीका लगाउन सात प्रकारका रंगहरुको प्रयोग हुन्छ। हिजो आज कडा क्यमिकल भएका रहरुले दाजुभाइ दिदी बहिनीलाइ टिक लगान्छ। जबकि विगतमा आफ्नै घर आगनमा हुने रंगी विरगी फुलहरुकै रंग बनाएर टिका लगाउने चलन थियो। तिहार उज्यालो पर्व पनि हो।

हिजो आज थरि थरिका बत्ती बालेर घरलाई झिलीमली गराउने प्रचलन छ। गाइको ध्युमा मा आफ्नै हातले काटेका बत्ती भिजाएर दिप प्रज्वलन गर्न चलन हराउदै गएको छ भने विद्युतीय बत्तीहरुको प्रयोग अत्याधिक बढेको छ।

कुनै पनि चाडपर्व मनाउदा त्यसको मौलिकतालाई ध्यान दिनु पर्ने पहिलो प्राथमिकता हो। पर्वहरु देखावटी भन्दा मौलिक हुन जरुरी छ। पर्वहरुलाई रमाइलोसग मात्र जोडेर हेर्नु हुदैन। विधि र रिति रिवाजमा पनि ध्यान दिन सक्नु पर्छ। होइन भने भोलीको पुस्ताले तिहरलाइ मौलिकता विनाको आडम्बरी पर्वको रुपमा बुझ्ने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);