एकै रात ३१ जुवाडे पक्राउ, ६ लाख रुपैयाँ बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एकै रात ३१ जुवाडे पक्राउ, ६ लाख रुपैयाँ बरामद

juwade pakrau

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु  पक्राउ  परेका हुन् । जुवा खालबाट  ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए ।

बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका  हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए । उनीहरू रातका २ बजे समातिएका हुने् । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);