बिद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत सर्ट भएर आगलागी भएको हो । 

  त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो  । साँझ दिपावली गरेर हिडेका उनीहरुको पसलमा एक्कासी बिद्युत सर्ट भई आगलागी भएको स्थानीले बताए ।

राती अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् । 

आगलागीबाट ३५ वटा मोटर साईकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);