खलंगाको एक ईलेक्ट्रोनिक पसलमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

खलंगाको एक ईलेक्ट्रोनिक पसलमा आगलागी

बासुदेव बडु । दार्चुला सदरमुकाम खलंगामा रहेको एक ईलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।

गए राति करिब १० बजे महाकाली नगरपालिका ४ रिङ्गने ताल नजिक दार्चुला तिंकर सडक खण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक्स पसलमा बिद्युत सर्ट सर्किट भई आगलागी भएको हो ।

आगलागी हुनासाथ घटना स्थल नजिक रहेको अस्थाई प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरी टोली र स्थानियहरूको सहयोगमा राति १०ः३० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

आगलागीबाट पसल भित्र राखिएका ईलेक्ट्रिक सामानहरू जलि नष्ट भएको रआगलागीबाट भएको क्षतिको यकिन बिवरण आउन बाकी रहेको र आगलागी बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);