कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु, ९ कैदी अनुसन्धानको घेरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु, ९ कैदी अनुसन्धानको घेरामा

संखुवासभा । संखुवासभा कारागारमा कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेका छन् ।

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो ।

त्यसपछि कारागारभित्रै रहेका कैदीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ । कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ । प्रशासनले घटनाका विषयमा छानबिन गर्ने तयारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);