नगदसहित २३ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नगदसहित २३ जुवाडे पक्राउ

भक्तपुर,१३ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका–६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो । साथै उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);