रुपन्देहीमा जुवा खेलिरहेका प्रहरी नै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रुपन्देही, ७ कार्तिक । रुपन्देहीमा जुवा खेलेको आरोपमा एक प्रहरीसहित ९ जना पक्राउ परेका छन्। जुवाको खालबाट ४ लाख २५ हजारभन्दा बढी नगद बरामद भएको छ।

प्रहरीकाअनुसार वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका हुन्।

देवीनगरबाट ५७ हजार र सिमानगरबाट ३ लाख ७४ हजार रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);