तानसेन लगायत आसपासका व्यापारीक केन्द्रहरुमा तिहारको चहल–पहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तानसेन लगायत आसपासका व्यापारीक केन्द्रहरुमा तिहारको चहल–पहल

tihar chahalpahal

काठमाडौं, २० कात्तिक । तिहार पर्व नजिकिदै जाँदा पाल्पाको सदरमुकाम तानसेन लगायत आसपासका व्यापारीक केन्द्रहरुमा चहल–पहल बढेको छ ।

तिहारलाई आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडा, सप्तरङ्गी टीका, माला, ओखर, रोटी लगायतका सर सामान किन्नको तानसेन बजारमा भिडभाड बढेको हो । तिहारमा गाउँ–गाउँ बाट किसानहरुले चिउरीको पात, बेमरा, फुलमाला, ओखर, लगायतका सामाग्रीहरु बजारमा विक्रि गरी तिहारको सरसमान किनमेलमा जुटेका छन ।

तानसेनका गल्ल–गल्ली चोक चोकमा सप्तरङ्गी टीका र भाई मसला बेचेर दैनिक ५ हजार देखि १५ हजार सम्मको आम्दानी गदै आएको व्यापारीहरु बताउँछन् । प्राकृतिक फुलमाला भन्दा बजारमा कृत्रिम मालाहरुको व्यापार बढ्दै गएको छ ।

तिहार पर्व नजिकिदै जाँदा पाल्पाको रामपुर, हार्थाेक, छहरा, आर्यभज्याङ्ग, बतासे लगायतका ग्रामिण बजारहरुमा समेत तिहार चहल पहल बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);