तिहार नजिकिएसंगै बजारमा भाई मसला तथा समान किन्नेको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तिहार नजिकिएसंगै बजारमा भाई मसला तथा समान किन्नेको भिड

bhaiMasala

अप्सरा गौतम

काठमाडौं, ६ कात्तिक । नेपालीहरुको महान पर्व दशैं सकिए लगतै दोस्रो ठुलो पर्व तिहार पनि आइसकेको छ । तिहार नजिकिएसंगै बजारमा दिदि बहिनीले दाजुभाईलाई दिने भाई मसला लगायत विभिन्न सर समान किन्नेहरुको भिडभाड बढेको छ ।

राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो मानिने असनदेखि साना साना फुटपाथ पसलसम्म भाई मसला किन्नेको भिड बाक्लो देख्न सकिन्छ । तिहार नजिकिएसंगै मसला पसलहरुमा भाइ मसला किन्नेको संख्या बढ्न थालेको छ । सस्तोमा किन्न चाहनेका लागि फुटपाथमा ५०, १ सय र १ सय ५० रूपैयाँ सम्मपर्ने मसलाको प्याकेट बेच्न राखिएका छन् । पाइलैपिच्छेका पसलहरूमा राखिएको पेस्ता, काजु, बदाम, किसमिस, ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक छ । यो बजार ‘भाइ मसला’कै थोक तथा खुद्रा बिक्रीका लागि चर्चित पनि छ । त्यस्तै पसलमा भने किलोको आधारमा मसला किन्नेको संख्या अधिक हुने गर्दछ ।

पोहरको भन्दा यसवर्ष काजु, पेस्ता, बदाम लगायतका समानको भाउ १ सय देखी एक सय पचास रुपैंयासम्म बढेको व्यापारीको भनाइ छ । यसपाली नरिवल किलोको ४ सय ५०, सुकमेल प्रतिकिलो ६ हजार, भारतीय काजु केजीको १६ सय देखी १८ सय सम्ममा विक्री भइरहेको छ । पिस्ता किलोको १७ सय र बदाम एक किलोको १३ सयसम्मा पाइन्छ । त्यस्तै ओखर केजीको ६ सय रहेको छ भने किसमिस ६ सय ५० सम्ममा विक्रि भईरहेको छ । तिहारको समयमा खुद्रा दैनिक डेढ लाख रुपैयाँसम्म मसला ब्यापार हुने गरेको ब्यापारीको अनुभव छ ।

तिहारको भाइ मसलामा प्रयोग हुने काजु, नरिवल, पेस्ता, बदाम लगायतका अधिकांश मसलाहरु विदेशबाट आयात हुने गरेका छन् । यसरी अधिकांश मसला बाहिरबाट आयात गनपर्ने भएकाले हरेक बर्ष भाई मसला महङगो हुँदै गइहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);