तिहारको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड, भाइमसलामा चर्काे मूल्यबृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तिहारको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड, भाइमसलामा चर्काे मूल्यबृद्धि

bhaiMasala

काठमाडौं, १८ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रौनक सुरु भइसकेको छ । बजारमा यतिबेला तिहारको सरसमान तथा भाइ मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । तर मसलामा अहिले अत्यधिक मुल्यवृद्धि भएको छ । जसका कारण सर्वसधारणले उच्च मुल्य हालेर भाई मसला किन्न बाध्य छन ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको संघारमा आइपुग्दा बजारमा चहलपहल बढेको छ । तिहारमा सबैभन्दा बढी चल्ने भाइ मसला एवं मिठाइका प्याकेट बजारमा धमाधम बिक्री बितरण भइरहेका छन् । तिहारमा दाजुभाईलाई दिईने मसला काजु, किशमिश, बदाम, ओखर लगायतका सरसमान किन्नका लागी यतिबेला गाँउघर शहर बजार लगायतका पसलहरुमा मानिसको घुईचो बढेको छ । दाजुभाईलाई टिका लगाएपछि दिईने भाई मसलाको भने यतिबेला मुल्यमा उच्च वृद्धि भएको छ ।

ओखरमा नै प्रतिकेजी दुई सय रुपैया वृद्धि भएको छ । गत बर्ष ४ सय ५० रुपैयाँ प्रतिकिलोमा पाइने ओखर अहिले ७ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै प्रतिकिलो ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । एउटै मसलामा किलोको ४ सय रुपैयाँसम्मले बढेको छ । अधिकांश मसलाका प्रकारहरुमा तिहारको समयमा मूल्य बढेको हो । कम आबश्यक्ता पर्ने लाई भन्दा बढी मसलाको आवश्यक्ता पर्नेलाई मुल्यबृद्धि बाट बढी मर्का पर्ने सर्वसाधारणले बताएका छन् ।

चाडपर्वको समयमा उच्च मुल्यवृद्धि हुदा पनि सरकार भने आखा चिम्लीएर बसेको सर्वसाधारणको गुनासो छ । सरकारले अनुगमन गरेर मुल्यवृद्धिलाई रोक्नुपर्ने उनीहरुले बताए ।

तिहारमा दाजुभाईलाई दिईने मसला भारत बाट आयात हुने भएकाले बाहिर बाटै बढेर आएको ब्यापारीको भनाई छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट वार्षिक अर्बौं रुपैयाँ बराबरको भाइ मसला भित्रिन्छ । अलैंचीमा आत्मनिर्भर हुँदै गए पनि अन्य सबै मसला बाहिरैबाट आयात गरिन्छ । व्यवसायीहरू भने आफूले नै महँगो मूल्यमा खरीद गरेकाले उपभोक्तालाई पनि महँगो पर्न गएको दावी गर्छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);