इलाममा आगामी २५ गते लगानी सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलाममा आगामी २५ गते लगानी सम्मेलन हुने

काठमाडौं, १८ कात्तिक । इलाममा आगामी आईतबार लगानी सम्मेलन हुने भएको छ । इलाम नगरपालिकाले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आगामी २५ गते आईतबार इलाममा लगानी सम्मेलन गर्न लागिएको जानकारी गराएको हो ।

इलामका सबै स्थानीय तहमा लगानी मैत्री वातावरण बनाउन पनि लगानी सम्मेलन गर्न लागिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए । उनले इलामको समग्र विकासका लागि आवश्यक लगानी जुटाउन सबै स्थानीय तहको संयुक्त पहलमा लगानी सम्मेलन गर्न लागिएको स्पष्ट पारे ।

इलाम चिया खेतीका लागि अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको जिल्ला हो । यसको विकासमा आवश्यक लगानी भित्र्याउन विशेष जोड दिएर त्यहाँस्थित १० वटै स्थानीय तहको पहलमा लगानी सम्मेलन गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले इलाम धैरै सम्भावना भएको जिल्ला भएकाले यसको विकासका लागि आवश्यक लगानी गर्न महासंघले विशेष सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

महासंघले कृषि उद्यम विकास कार्यक्रममार्फत् इलामको कृषि र कृषिजन्य बस्तुको उत्पादनमा आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको दावी गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);