गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते सम्मेलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते सम्मेलन गर्ने

काठमाडौं, २३ चैत ।गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो । नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिएको संघका महासचिव डा. बद्री केसीले जानकारी दिए ।

सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालका विज्ञहरु र नेपालसँग जोडिएका विज्ञहरु सहभागी हुनेछन । त्यसैगरी संघले असोज २८ गते भने विधान सभाको पनि आयोजना गर्दैछ ।

महासचिव केसीले संघको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनले नेपालमा थप लगानी भित्रायाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । संघले सम्मेलनका लागि नेपाल सरकारका विभिन्न निकायसँग आवश्यक परामर्श गरिएको पनि जनाएको छ ।

संघले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई अझ व्यापक र दिगो बनाउनका लागि एक सामूहिक लगानी कोष खडा गर्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि जनाएको छ ।

महासचिव केसीले कोष निर्माणका लागि प्रारम्भिक अध्ययन भईरहेको र नेपाल सरकारसँग आवश्यक छलफल गरी त्यसलाई अन्तिम रुप दिइने बताए । संघले कोषको बजेट नेपालको विकासका लागि आवश्यक आधारभूत संरचना निर्माणमा लगानी गर्ने योजना पनि अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);