काठमाडौं महानगरपालिकाको राजपत्र प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं महानगरपालिकाको राजपत्र प्रकाशित

काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गरेका हुन् ।

महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाशित गरिएको पनि मेयर शाक्यले बताए । स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए बमोजिम प्रकाशित गरिएको राजपत्रमा काठमाडौं महानगरपालिकाका हालसम्मका सबै नीतिगत निर्णयहरु उल्लेख गरिएको छ ।

महानगरका नगर सभा र नगर कार्यपालिकाले लिएको नीतिगत निर्णयहरु राजपत्रमार्फत सर्वसाधारणलाई जानकारी दिनका लागि प्रकाशित गरिएको हो । महानगरपालिकाका सबै गतिविधिलाई राजपत्रमार्फत् सार्वजनिक गर्दै लैजाने मेयर शाक्यले प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहमा पनि आफूले बनाएको कानुन, ऐन, नियम र बजेटहरु राजपत्रमार्फत् सार्वजनिक गर्ने कानुनी व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);