काठमाडाैं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । ओलीको भारत भ्रमणलाई बडो चाँसोका साथ हेरिएको छ । ओलीले भारतमा रहँदा त्यहाँका उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्दै छन् । भ्रमणका क्रममा नेपाल भारतबीच हुने सहमति र समजदारी बेलैमा खुलस्त हुन आवश्यक रहेको पत्रकार एवं विश्लेषक हरिबिनोद अधिकारी बताउँछन् । ओलीको भारत भ्रमणमा केन्द्रित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्णप्रसादले अधिकारीसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:




