सांसद चौधरीलाई सपथ खुवाउने व्यवस्था गर्न दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सांसद चौधरीलाई सपथ खुवाउने व्यवस्था गर्न दबाब

काठमाडौं, २३ चैत । कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउन दवाव दिन सुरु गरिएको छ ।

टीकापुर घटनाका राजबन्दी पीडित परिवार संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद चौधरीलाई सपथ खुवाउन तत्काल व्यवस्था गर्न सरकारलाई दवाव दिएको हो । त्यसैगरी टिकापुर घटनामा आरोपित तथा झुटा मुद्दा लगाइएका २६ जना राजबन्दीहरुलाई क्षतिपूर्तिसहित तत्काल रिहाई गर्न पनि माग गरिएको छ ।

टिकापुर घटनालाई एउटा विशुद्ध राजनीतिक घटनाको रुपमा सम्बोधन गर्न पनि सरकारसँग माग गरिएको संघका धनकुमार चौधरीले बताए । संघले टिकापुर घटनाको शिलशिलामा पक्राउ गरी बाल सुधार गृह पोखरामा राखिएका नाबालकहरु श्रवण चौंधरी र करण चौंधरीलाई तत्काल धनगढी बाल सुधार गृहमा सार्न पनि सरकारसँग माग गरेको छ ।

२०७२ साल भदौ ७ गते ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टिकापुर घटनामा मुख्य योजनाकार सांसद चौंधरीलाई कारगारमा राखेर आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले पनि आफ्ना सांसद चौंधरीलाई तत्काल सपथ खुवाउने व्यवस्था गर्न सरकारलाई पटक–पटक दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);