टिकापुर घटनाको यथार्थ छानवीन गर्न संघर्ष समितिको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टिकापुर घटनाको यथार्थ छानवीन गर्न संघर्ष समितिको माग

काठमाडौं, ७ भदौ । थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई पुनः दवाव दिएको छ । टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिकी संयोजक रुकमणि चौधरीले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई पुनः दवाव दिएकी हुन् ।

उनले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताईरहेका २६ जना बन्दीहरुको तत्काल रिहा गर्न पनि सरकारसँग माग गरिन् । पूर्व सांसद समेत रहेकी चौंधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् । उनले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद हरिराम चौंधरीले टिकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले टिकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर सो घटनाको यथार्थ छानवीन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे ।

२०७२ साल भदौं ७ गते टिकापुरमा भएको हिंसात्मक झडपमा परी एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो । सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौंधरीसहित २६ जेल जीवन बिताईरहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);