बलात्कारी र हत्यारालाई सरकारको संरक्षण रहेको कांग्रेस सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बलात्कारी र हत्यारालाई सरकारको संरक्षण रहेको कांग्रेस सांसदको आरोप

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषिलाई सरकारले संरक्षण दिने काम गरेको भन्दै चर्को आलोचना गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषि भनेर अर्कौ व्यक्ति उभ्याउने काम गरेको आरोप लगाएका हुन् ।

सांसद मिन बहादुर विश्वकर्मा कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषि उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढाड्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना पाण्डेलेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भईरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सासद रंगमति शाहीले कंचनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठाउने जनतामाथि सरकारले थप दमन गर्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सत्तारुढ दलकै सांसदहरुले पनि मुलुकभर बलात्कार र हत्या जस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटनामा संलग्नलाई मृत्यु दण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसदले मैना कुमारी भण्डारीले निर्मला पन्तको हत्याबारेको यथार्थ अनुसन्धान गरि दोषिलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण गराइन् ।

सांसद यज्ञ कुमार सुनुवारले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सांघातिक हमला भएको केही समय नवित्दै सोही जिल्लाका सन्तोष कार्कीको हत्या भएको भन्दै दोषिलाई कडा कारवाहीको माग गरे ।

सांसद राधा ज्ञवालीले संविधान संशोधन गरि बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्यु दण्ड हुने प्रावधानको व्यवस्था गर्न माग गरे ।

नियमावलि कार्यान्वय गर्न माग

सांसद मिनेन्द्र प्रसाद रिजालले प्रधानन्यायाधीशका लागि प्रस्तावित उम्मेदवारलाई सुनुवाई समितिले अस्वीकार गरेपछि संचारमाध्यमबाट नयाँ नियुक्तीको नयाँ प्रक्रिया सुरु भयो भन्ने जानकारी आएको उल्लेख गर्दै संसदले आफ्नै प्रक्रियाबाट यो जानकारी प्राप्त गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उनले प्रधानन्यायाधीशमा प्रस्तावित उम्मेदवार अस्वीकृतिको निर्णय लगायतका कागजात संसदमा वितरण गर्न माग गरे । उनले नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर र परिच्छेद ८ बमोजिम मन्त्रीहरुसंगको प्रश्नोत्तर गर्ने व्यवस्था कार्यान्वयन तत्काल गर्न सभामुखको ध्यानाकर्षण गराए ।

सांसद रामेश्वर राय यादवले किसानले उखुको भुक्तानी अझै पाउन नसकेको भन्दै नगदे बालिको रुपमा हेरिने उखुको भुक्तानी ४ बर्ष सम्म हुन नसकेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

झण्डै ९ अर्ब रुपैयाँ बाँकी भईरहेका बेला संसदमा उखुको भुक्तानीबारे पटक पटक आवाज उठेपनि सरकारको ध्यान किन आकर्षित भएन भनी प्रश्न गरे । नियमावलिले संसदमा उठेका प्रश्नको ५ दिन भित्र सम्बन्धीत मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था भएपनि त्यसबारे सम्बन्धीत मन्त्रीको जवाफ नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);