नारायणगढ–मुग्लिन सडकखण्ड भासियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड भासियो

narayanghad muglin sadak

चितवन, ७ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड भासिन थालेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेको सडक हालसम्म १ दशमलब ५ मिटर भासिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार यस ठाउँमा ९ मिटर सडक चौडा छ र यसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो ।

यस ठाउँमा विसं २०६० सालमा सडक भासिएपछि ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो । भित्तोमा १०–१५ मिटर फलामे डण्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एङ्करिङ’ भनिन्छ । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षातको समयमा सवारी नचलाउन सुझाव दिएका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एङ्करिङ’ गरिएको बताए । सोही ठाउँको ‘रक एङ्करिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);