नारायणगढ–मुग्लिन सडकखण्ड १३ घण्टापछि संचालनमा | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड १३ घण्टापछि संचालनमा

चितवन । पहिरोको कारणले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहीबार बेलुकी ८ बजेबाट अवरुद्ध सडक १३ घण्टापछि संचालनमा आएको हो ।

जेसिबीको मद्दतले दुइ तर्फी पहिरो हटाएर बाटो खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

झरी परिरहेको कारणले रातको को समयमा पहिरो पन्छ्याउँन सम्भब नहुँदा बिहान सबेरै देखि काम थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

सेतीदोभान र कालीखोलामा पहिरो झरेको कारणले बाटो अवरुद्ध थियो । त्यस्तै यसै सडक खण्डको भरतपुर–२९ को चौध किलो भन्ने स्थानमा सडक भासिएको छ । निरन्तरको वर्षाले झण्डै ३० मिटर सडक भासिएको छ । पानि परिरहेको हुनाले पहिरोको जोखिम भने अझै कायम नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);