भारी वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारी वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । लगातारको वर्षासँगै खसेको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राति सवा दुई बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पहिरो खसेको हो ।

पानी निरन्तर परिरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण बाटो खुल्न केही सयम लाग्ने जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । यदपी डोजर र लोडरको प्रयोग गरी पहिरो पन्छ्याउने काम भईरहेको बताइएको छ ।

एशियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ–ठाउँमा पहाड काटेसँगै उत्त सडक खण्डमा समय समयमा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);