म्याग्दीको नेवारे खोलामा जिप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

म्याग्दीको नेवारे खोलामा जिप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरको कपासे डाँडा नजिकै नेवारे खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

बुधबार राति सिमलचौरबाट मंगला १ पुर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा म्याग्दीको बेनी नगरपालिका ५ डडुवाकी १९ बर्षीय सबिना भण्डारी र मंगला गाउँपालिका १ पुर्णगाउँका १५ बर्षीय विमल विक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक स्यामकुमार राईले बताए ।

त्यसैगरी घाइते हुनेहरुमा मंगला १ पुर्णगाउँकै २५ बर्षीय सुदन आचार्य, २६ बर्षीय एन्जिला भण्डारी, ३५ बर्षीय गिता खत्री, ८ बर्षीय अदिना नेपाली, ३६ बर्षीय अमृता रामजाली र चालक १९ बर्षका अनिल रसाईली रहेको प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेका कारण पोखरा स्थित मनिपाल शिक्षण अस्पताल र एक जनालाई फेवा सिटी अस्पतालमा रिफर गरीएको बेनी अस्पताल व्यवस्थापन समिती म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले बताए । बाँकी २ जनाको बेनी अस्पतालमा उपचार भैरहेको छ । एक जना उपचार पश्चात घर फर्किएका छन् ।

जिप सडकबाट करीब २ सय मिटर तल नेवारे खोलामा खसेको मंगला गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);