जन्ती बस दुर्घटना हुँदा मकवानपुरमा दुईको मृत्यु, १७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जन्ती बस दुर्घटना हुँदा मकवानपुरमा दुईको मृत्यु, १७ जना घाइते

हेटौँडा, २८ फागुन । जन्ती बस दुर्घटना हुँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काभ्रे पाँचखाल लामिडाँडाका ३५ बर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ बर्षीय बिकास धमलाकाे घटनास्थलमा मृत्यु  भएकाे छ ।

मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा४ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ ।

घाइतेको उद्धारमा स्थानीय र प्रहरी जुटेका छन् । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ । जन्ती लिएर आएको तीन वटा बस मध्ये अन्तिमको बस दुर्घटनामा परेको हो । बस सडकबाट करीब २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);