सरकार र राउतबीच भएको सम्झौता रहस्यमय : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार र राउतबीच भएको सम्झौता रहस्यमय : कमल थापा

कमल थापा

बुटवल, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउत समूहले बिखण्डनको एजेण्डा नत्यागेको बताएका छन् । राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल आएका अध्यक्ष थापाले सरकार र सीके राउतबीच भएको सम्झौतामा राउतले राष्ट्र विखण्डनको एजेण्ड नत्यागेको बताएका हुन् ।

सम्झौतामा त्यसबारेमा केही कुरा उल्लेख नभएको भन्दै मगंलबार बुटवलमा आयोजित कार्यक्रममाा थापाले भने राउतसंगको सहमती रहस्यमय छ । उनले दिल्लीमा नेपालका राजनीतिक दल र तत्कालिन माओवादीबीच १२ बुंदे सहमती भएदेखि नै नेपालमा बैदेशीक चलखेल बढेको आरोप लगाए ।

राप्रपा पुरानो परम्परागत व्यवस्थाको पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष थापाले परिवर्तनकारी शक्ति र परम्परावादी शक्तिको बिचबाट मध्यमार्गी राजनीतिक प्रणाली राप्रपाको निती भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);