सीके राउतसँग सरकारले गरेको सहमति राष्ट्रीयता विपरीत : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीके राउतसँग सरकारले गरेको सहमति राष्ट्रीयता विपरीत : कमल थापा

ckraut-kamal thapa

कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतसँग सरकारले गरेको सहमति राष्ट्रीयता विपरीत भएको बताएका छन् । राष्ट्रिय स्वाभिमान यात्राका क्रममा कञ्चनपुर महेन्द्रनगरमा मिडिया नेपालले आयोजना गरेकोमा पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री थापाले सीके राउतले विगतमा गरेको बिखण्डकारी कार्यप्रति कुनै पश्चाताप नगरेको बताए ।

उनले तराई–मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा समाधान गर्ने सहमतीप्रति आपत्ति जनाए । सरकार र राउतबीच भएको सहमती पत्रको दुई नम्बर बुदाँप्रति राप्रपाको असमति रहेको उनले स्पष्ट पारे ।

२ नं बूंदामा नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने उल्लेख छ ।

राप्रपा अध्यक्ष थापाले एक हप्ता भित्रमा सहमती पत्रबाट उक्त शब्दवली हटाउन सरकारलाई अग्रह गरे । मागप्रति सरकार सकारात्मक नदेखिए जन संघर्षका कार्यक्रम घोषणा गर्ने थापाले चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);