पुत्री वियोगमा राघिनी उपाध्यायको क्यानभास (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुत्री वियोगमा राघिनी उपाध्यायको क्यानभास (भिडियोसहित)

काठमाडौं, २५ फागुन । नेपालको चित्रकलाको क्षेत्रमा अग्रणी नाम हो, राघिनी उपाध्याय । सन् १९६१ मा जन्मिएकी उपाध्याय सानै उमेरदेखि चित्रकलामा रुचि राख्थिन् । कक्षा ९ मा अन्तर विद्यालय चित्रकला प्रतियोगिता हुँदा पहिलो उपाधि जितेसंग उपाध्यायले आफनो चित्रकलालाई दरिलो बनाउँदै लगेकी थिइन् ।

पढाईमा भन्दा चित्रकलामा वढी झुकाब राख्ने उपाध्यायले भारतको लखनऊ कला महाविद्यालयबाट पाँच बर्षे चित्रकला अध्ययन समेत गरेकी छन् ।

सन् १९९१ मा बेल्जीयम नागरीक अल्बर्ट ग्रेलसंग वैवाहिक जीवनमा बाँधिएकी उपाध्यायले चित्रकलामा महिला सशक्तिकरण र लैगिंक समानताका बिषयवस्तुलाई समेत उठान गर्दै आएकी छन् ।

राघिनीले समाजमा परिवर्तन र जीवनमा ठुलो सफलता हासिल गरेपनि परिवारमा भने उनले ठूला ठूला विपत्तीको सामाना गर्नु परेको छ । भविष्यकी साहारा मानिएकी पुत्री शोकमा समेत परेकी उपाध्यायले पुत्री बियोगको अनुभव अनुभुतिलाई आफ्नो रङहरु मार्फत् नै क्यानभासमा उतारेकी छन् ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);