लियोनार्दो दा भिन्चीको चित्रकला ४५ करोडमा विक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, ३० कार्तिक। लियोनार्दो दा भिन्चीद्धारा बनाइएको भनिएको जिजस क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ। स्यालभेटर मुण्डी (सेभिएर अफ द वर्ल्ड) नामक उक्त चित्रकलाको लिलामी मुल्य हालसम्मको सबै भन्दा उच्च रहेको छ।

लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन्। ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको दाबी गरिएको छ। उक्त चित्रकलाका लागि अन्तिम मुल्य ४० करोड डलर तोकिएको थियो।

परिचय नखुलेका ग्राहक २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत सहभागी भएका थिए। चित्रकलामा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);