'साउदी अधिकारीहले नियन्त्रणमा लिएको भन्ने आरोप झुटो हो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २ मंसिर। लेबननका पूर्व प्रधानमन्त्री साद हरिरि साउदी अरब छाडेर निजी विमानमा फ्रान्सतर्फ प्रस्थान गरेका बीबीसीमा उल्लेख छ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उनले आफ्नो इच्छा विपरीत आफूलाई साउदी अधिकारीहरुले नियन्त्रणमा लिएको भन्ने आरोप झुटो भएको बताएका छन्।

हरिरि संकटका बारेमा जर्मन विदेशमन्त्रीको भनाइप्रति विरोध जनाउँदै साउदी अरेबियाले जर्मनीमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

दुई हप्ताअघि उनले साउदी अरेबियाबाटै राजीनामा घोषणा गरेका थिए र साउदीमा नै बस्दै आएका थिए। लेबननका अधिकारीहरुले उनलाई जबरजस्ती नियन्त्रणमा लिइएको बताउँदै आएका थिए। तर विमानस्थल जाने क्रममा टवीटरमा सन्देश लेख्दै उनले त्यो झुटो भएको जनाएका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);