हजारौँ साउदी सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हजारौँ साउदी सैनिक नियन्त्रणमा लिएको हुथी विद्रोहीको दावी

houthi rebels

एजेन्सी, १२ असोज । यमनका हुथी विद्रोहीले हजारौँको संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दावी गरेका छन् । हुथी विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले साउदी अरबको नाजरान शहरबाट तीन वटा सैनिक ब्रिगेडले आत्मसमर्पण गरेको दावी गरेका हुन् ।

यमनमा जारी विद्रोहमा अहिलेसम्मकै ठूलो सफलता हात परेको उनले दावी समेत गरेका छन् । नियन्त्रणमा लिइएका सैनिकले परेड खेलेको भिडियो टेलिभिजनमार्फत प्रसारण गर्नेे चेतावनीसमेत हुथी विद्रोहीले दिएको छ । तर हुथी विद्रोहीको दावीबारे साउदी अरेबियाका सरकारी अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

हुथी विद्रोहीले यसअघि पनि साउदी अरेबियाका दुई तेल प्रसोधन केन्द्रमा आक्रमण गरेको दावी गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);