साउदी अरबको अबाहामा रहेको विमानस्थलमा विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउदी अरबको अबाहामा रहेको विमानस्थलमा विष्फोट

एजेन्सी, २९ जेठ । यमनमा सक्रिय हुथी विद्रोहीले साउदी अरबको दक्षिणपश्चिमी शहर अबाहामा रहेको विमानस्थलमा विष्फोट गराएका छन् । यमनको सीमाबाट १ सय २५ किलोमिटर उत्तरमा रहेको अबहा विमानस्थलमा भएको सो विष्फोटमा परी तीन महिला तथा दुई बालबालिका समेत गरी २६ जना घाईते भएका साउदी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यमनमा सक्रिय हुथी विद्रोही समुहले दावी गरेको क्रुज क्षेप्यास्त्र आक्रमणबाट बिष्फोट भएको जनाईएको छ । हालसम्म पहिचान हुन नसकेको विष्फोटक पदार्थ विमानस्थलको आगमन कक्षमा विष्फोट भएको साउदी अधिकारीले जनाएका छन् ।

सन् २०१५ यता साउदी अरब नेतृत्वको अरब गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । साउदी आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान जाने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);